1. मध्य तराईको बारा र पर्सामा जनधनको क्षति पुर्याउने गरि विनाशकारी हावाहुरी कहिले आयो?
➳
वि.स २०७५ चैत्र १७
2. २०७५ को नई चन्द्रधन पुरस्कार कसलाई प्रदान गरियो
➳
श्री १००८ स्वामी रमणानन्द गिरी
3. पहिलो पटक औपचारिक रुपमा कुसुन्डा भाषाको पढाई कहा सुरु गरिएको छ ?
➳
लमही (दाङ)
4. काठमान्डौका सडकमा विहान ५ बजे देखि राति १० बजे सम्म सार्वजनिक सवारी साधन अनिवार्य चलाउनु पर्ने व्यवस्था सहितको विधेयक काठमान्डौ महानगरपालीका नगरसभा वाट कहिले पारित भयो ?
➳
वि.स २०७५चैत्र २४
5. चुरे संरक्षणका लागी २० बर्षे गुरु योजना मंत्री परिषदले कहिले स्वीकृत गरेको हो ?
➳
वि.स २०७४ जेठ ४(नारा: चुरेको पानी चुरेलाई स्वस्थ पानी सबैलाई )
6. सर्वोच्च अदालतको आयोजनामा न्याधिशको तेस्रो राष्ट्रीय सम्मेलन कहिले संपन्न भयो ?
➳
वि.स २०७५ चैत्र २०-२२(सम्मेलनमा देश भर बाट ३ सय ९३ न्याधिसको सहभागिता रहेको थियो, यस अघि २०६५ पहिलो र २०७१ सालमा दोस्रो सम्मेलन बसेको थियो)
7. प्रसिद्ध भाजु पोखरी कहा रहेको छ?
➳
भक्तपुर (यो १२ औ शताब्दीमा निर्माण गरिएको हो।)
8. हालै बिश्वबैकको अध्यक्षमा कसलाई नियुक्त गरिएको छ ?
➳
डेभिड माल्पास
9. नेपालको कर्मचारी प्रशासन सम्वन्धि केद्रिय निकाय कुन हो ?
➳
सामान्य प्रशासन मंत्रालय
10. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन १०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ?
➳
वि.स २०७४ साउन २९
11. संयुक्त राष्ट्रसंघमा उपमहासचीवको व्यवस्था कहिले देखि गरिएको हो ?
➳
सन १९९८
12. "एउटा न्यानो र मिठो हासो दया र करुणाको अंतराष्ट्रीय भाषा हो ," भन्ने बिचारक को हुन ?
➳
विलियम अर्थरवार्ड ,अमेरिकी लेखक
13. टी - २० विश्वकपमा पहिलो हायट्रिक लिने वलर को हुन ?
➳
अष्ट्रेलियाका ब्रेट ली
14. १५ औ पंचवर्षीय योजनाको आधारपत्र अनुसार पाच वर्षमा देशको आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य
➳
१०.३%
15. नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
➳
वि स २०७३ मंसिर २२
16. विश्व सम्पदा सुचिमा सुचिकृत वसन्तपुर दरबार स्क्वायर देखि स्वयम्भु सम्म निर्माण गर्न थालिएको सम्पदा मार्गको लम्बाई कति रहेको छ ?
➳
२.८ कि.मी
17. सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?
➳
वि.सं २०७१ कार्तिक २५ – २६
18. नेपालमा कर दिवस कहिले मनाइन्छ ?
➳
मंसिर १ ,
19. सुर्तीजन्य पर्दाथको उत्पादन गर्दै आएका उद्दोगहरुले अब सुर्तीको प्याकेटको कति प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक चिन्ह राख्नुपर्ने भएको छ ?
➳
९० प्रतिशत
20. सबैभन्दा कम उमेरमा नोबल पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?
➳
मलाला युसुफजाई
21. नेपाल सरकारले वि.सं २०७१ वैशाख २५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?
➳
७२
22. नगरपालिका हुनका लागि तराई तथा पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान रहेको छ ?
➳
१० हजार
23. केन्द्रिय तथ्यांक विभागले छैटौ राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्यो ?
➳
वि.सं २०७० पुस ९
24.अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्यु कहिले भएको हो ?
➳
सन् २०११ मे २
25. तेस्रो जीवस्तरीय मापन सर्वेक्षणअनुसार नेपालमा कृषिमा आश्रित जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
➳
७४ प्रतिशत
26. अन्तर्रष्ट्रिय मानव अधिकार दिवस कहिले मनाइन्छ ?
➳
डिसेम्बर १०
27. अन्तराष्ट्रिय अपांगता दिवश कहिले मनाईन्छ ?
➳
डिसेम्बर ३
28. सन् २०१४ मा एसियाका सर्वश्रेष्ठ फुटबल खेलाडी को घोषित भए ?
➳
नासिर अल साम्रानी
29. सरकारले वि.सं २०७१ मंसिर १६ गते कति नयाँ नगरपालिका घोषणा गरेको छ ?
➳
६१
30. सरकारले वि.सं २०७१ मंसिर १६ मा कति नगरपालिका उपमहानगरपालिकामा बढोतरी गरेको छ ?
➳
७
31. ६१ नगरपालिका थप भएसगैँ नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ?
➳
१९१
32. सरकारले इबोला संकमित बिरामीको उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीलाई इबोला संक्रमण भई मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिस्वस्प कति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ?
➳
रु २५ लाख
33. राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कहिले मनाईन्छ ?
➳
डिसेम्बर ५
34. नेपालमा कुन ठाउँमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ ?
➳
गुल्मी , पाल्पा र स्याङ्जाको संगमस्थलमा
35. वि.सं २०७१ मंसिर १५ देखि सञ्चालनमा आएको नेपाल चीनबीचको व्यापािरक नाका कुन हो ?
➳
रसुवागढी नाका
36. राष्ट्रबैंकबाट प्रकाशित प्रतिवेदन अनुसार हाल नेपालमा सबैभन्दा बढी रेमिट्यान्स कुन राष्ट्रबाट आउने गरेको छ ?
➳
मलेसिया
37. काठमाडौंमा सम्पन्न अठारौं सार्क शिखर सम्मेलनले कतिवटा सार्क क्षेत्रिय केन्द्र कायम गरेको छ ?
➳
५ वटा
38. अठारौं सार्क शिखर सम्मेलनले वन व्यवस्थापन, विपद व्यवस्थापन , नदी तटीय क्षेत्र व्यवस्थापन, र जुवायु अनुसन्धान केन्द्रलाई एकापसमा गाभी कुन केन्द्र बनाएको छ ?
➳
सार्क वातावरण तथा प्रकोप व्यवस्थापन केन्द्र
39.. विश्वभर सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले कहिेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
➳
सन् २०२५
40. सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा कहिलेदेखि सञ्चालन गरियो ?
➳
वि.सं २०७१ पुस १
41. पाकिस्तानको पेसावरस्थित सेनाद्धारा सञ्चालित विद्यालयमा कट्टरपन्थी मुस्लिम समूह तालिवानद्धारा १४८ जना भन्दा बढी को ज्यान जाने गरी विभत्स घटना कहिले घटाईयो ?
➳
सन् २०१४ डिसेम्बर १६
42. विद्यालय शिक्षाको फलामे ढोका भनेर चिनिने प्रवेशिका ( एसएलसी ) परीक्षाको मूल्यांकन पद्धतिमा कहिलेदेखि ग्रेडिङ्ग सिस्टमको व्यवस्था गरिने भएको छ ?
➳
वि.सं २०७१
43. वि.सं २०७१ सालमा प्रदान गरिएको भूपि स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
➳
मोमिला
44. अर्थमन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काम प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको गुनासो सुनवाई कक्षलाई के भनि चिनिन्छ ?
➳
विगुल
45. सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ?
➳
वि.सं २०७१ पुष ४ गते
46 . सर्बोच्च अदालतले अनलाईन तारेख सेवा कहिले देखि सुरु गरेको हो ?
➳
वि.सं २०७१ मङ्सिर १४
47. सार्क राष्ट्रका निर्बाचन ब्यबस्थापन निकायको साझा मंच (फेम्बोषा ) को पाँचौ बैठकले कति बुदेँ काठमाडौँ घोषणापत्र जारी गरेको छ ?
➳
१० बुदेँ
48. विश्व एड्स दिवस कहिले मनाउने गरिन्छ ?
➳
डिसेम्बर १
49. सार्क मनोचिकित्सकहरुको आठौ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
➳
वि.सं २०७१ मङ्सिर ११-१३ ,लुम्बिनी
Sourced from :Social Media
